काठमाडौं, २० कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार (भोलि) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
नेकपा एमालेकी कार्यबाहक सचिव मीना ज्ञवालीले भोलि दिउँसो १ बजे तीनकुनेको रोयल ब्यांकेटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनका तर्फबाट संयुक्त घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिइन् ।
आगामी निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ ।











प्रतिक्रिया