११ मंसिर २०८३, शुक्रबार

सरुवाविरुद्ध अदालत जाने एसपी चन्द फेरि विवादमा, म्यादी भर्नामा व्यापक अनियमितता

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २० कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि खोलिएको कञ्चनपुरको म्यादी प्रहरीको छनोटमा एसपी प्रकाश चन्दले व्यापक अनियमितता गरेको खुलासा भएको छ । आफ्नै संगठनले गरेको सरुवाविरुद्ध अदालत जाने एसपी चन्दले छनोटमा लिखित फेल भई मौखिक परिक्षामा सहभागि हुनै नपाएका २७ जनालाई पास गरेको देखिएपछि सो घटना सतहमा आएको हो ।

एसपी चन्दले उम्मेदवारबाट पहिल्यै रकम असुलेर म्यादी प्रहरी बनाएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । एसपि चन्दले ५ सय ९६ दर्ता नम्बर भएकी समुना डगौरा लिखित परीक्षामा अनुर्तिण थिईन् तर आईतबार प्रकाशित भएको रिजल्टमा भने उनलाई उर्तिण बनाएका छन् । यस्तै दर्ता नम्बर ९ सय दर्ता नम्बर भएकी पुष्पा डगौरा समेत लिखितमा अनुर्तिण थिईन् तर उनलाई समेत अन्तिम नतिजामा उर्तिण गराईएको छ । यस्तै लिखितमा अनुर्तिण भई उर्तिण गराईएकाहरुमा दर्ता नम्बर ४१९ सत्या महता, दर्ता नम्बर ११६४ शोभा राना, दर्ता नम्बर १३१० लक्ष्मी भण्डारी, दर्ता नम्बर ३९११ दिपेन्द्र जीसी रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा नामै नभएकाहरु कतिपय आईतबार सार्वजनिक गरिएको नतिजाको वैकल्पिकमा परेको भेटिएको छ । दर्ता नम्बर ६२ रहेकी सविता विष्टले फारम भर्ने देखि फिजिकल र लिखित परिक्षासम्म दिईन् । सबैमा राम्रो गर्न सफल उनलाई लिखितमा फेल गराईयो । तर आईतबार प्रहरीले निकालेको फाईनल रिजल्टमा उनको नाम वैकल्पिकमा राखिएको छ ।

‘लिखित परीक्षामा मलाई फेल गराईएको थियो, त्यसै कारण मैले मौखिक दिने सबालै भएन्’ उनले भनिन्,‘ फाईनल निकालिएको रिजल्टमा भने मलाई वैकल्पिक तर्फको २ सय ८४ नम्बरमाराखिएको छ’ । उनको मात्रै होइन दर्ता नम्बर २२ भएकी गिता चन्द समेत लिखितमा अनुर्तिण भएकी थिईन् तर उनलाई वैकल्पिकको २ सय ८३ नम्बरमा राखिएको छ ।

त्यस्तै लिखितमा अनुर्तिण भई बैकल्पिकमा समावेश गरिएकाहरुमा दर्ता नम्बर १४९ ईश्वरी विष्ट, ३६० शिवानी टमटा, ३६५ राधिका भाट, ९१२ चन्द्राराना क्षेत्री, ९५६ सन्तोषी डगौरा, १२०२ भावना थापा, १२१२ जानकी देवी महरा, १२६७ सरस्वती राना, १४३ गीताकुमारी चौधरी, १०२५ मिना डगौरा, १०७२ अल्पना रोकाया, १४०१ बसन्ती चौधरी, १४८४ कमला तामाङ्ग, १५३४ माया धामी, १५३६ गीता धामी, १५८३ निर्मलासिंह ठकुुराठी, १७०२ जानकी महरा, १७६६ पुर्ति नेपाली, १८५६ मिना कुमारी खड्का रहेका छन् ।

‘लिखितमा पास भएकाहरुको नै मौखिक अन्तरवार्ता लिएर फाईनल रिजल्ट आउँछ’ एक प्रहरीले भने,‘ लिखितमै उत्र्तिण नभएकाहरु कसरी वैकल्पिकमा परे त्यो हाकिमहरुलाई थाहा होला’ । यी केही उदाहरणीय पात्र मात्रै हुन् । म्यादी प्रहरीको छनोट प्रक्रियामा यस्ता थुप्रै त्रुटिहरु भएका छन् । चारमहिना अघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनका क्रममा म्यादी प्रहरीका रुपमा खटिएर काम गरेकाहरुलाई समेत छनोटमा वञ्चित गराईएको उनीहरुले गुनासो पोखेका छन् । त्यति मात्रै होइन् पूर्व सुरक्षाकर्मीहरु समेत म्यादी प्रहरी बन्नबाट छुटेका छन् ।

‘प्रहरी प्रमुखले मनोमानी हिसाबले म्यादी प्रहरी छनौट गरेको देखिन्छ’ एक म्यादी प्रहरीमा भर्ना हुन आएकाले भने,‘ योग्य मानिसहरु भन्दा पनि अयोग्य बढीलाई छनोट गरेको पाईएको छ’ । सबै पास गरेर पनि अन्तर्वाता नबोलाइएको आवेदन दिएकाहरु बताउँछन् । असोज ६ देखि सुरु भएको म्यादी छनौट प्रक्रियामा लिखितमा सबै भन्दा बढी अनियमितता भएको सहभागीहरु बताउँछन् ।

मौखिक परीक्षाका क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश चन्द लगायत अन्य सुरक्षा निकायका प्रमुखले आप्mना व्यक्ति भर्ना गर्न पास भएकालाई पनि फेल गराएको र फेल भएकाहरुलाई समेत मौखिक परीक्षामा सामेल गराएर पास गराएको सहभागिहरु
बताउँछन् । म्यादी छनौटमा खटिएका जिल्ला प्रहरी कार्यालयका जवान, हवल्दार र असई दर्जाका प्रहरी समेत छनौट प्रक्रियामा व्यापक अनियमितता भएको बताउछन् । उनीहरु समेत छनौट प्रक्रियाप्रति सन्तुष्ट छैनन् ।

‘लिखित परिक्षामा पास भएकालाई प्रवेश पत्र दिएको छ, फेल भएकालाई दिइएन’ बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले भने, ‘तर अन्तरवार्तामा पास भएकालाई नबोलाई फेल भएकालाई बोलाइएको गुनासो आएको छ ।’ उनले लिखितमा पास भएकाहरुले सोध्दा शुक्रबार साभंm नै अन्तरवार्ता भएको भन्दै फिर्ता पठाइएको बताए । जिल्ला प्रहरी कार्यालयले म्यादीको लिखित परिक्षा ८ गते लिएको हो ।

शुक्रबार लिखितको नतिजा सार्वजनिक गरेको थियो । असोज २१ देखि ३० गतेसम्म म्यादीका लागि आवेदन खुल्ला गरिएको थियो । जसमा ४ हजार ७ सय बढीले आवेदन दिएका थिए । अधिकाशं उच्च शिक्षा गरेका र पुर्व सुरक्षाकर्मीले आवेदन दिएको प्रहरीले जनाएको छ ।

म्यादी प्रहरी छनौटमा भएको अनियमितताका बारेमा प्रतिक्रिया लिन खोज्दा कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दको फोन स्वीच गरेको पाईयो । एसपीको फोन स्वीच अफपछि प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटीसंग जानकारी लिन खोज्दा उनले आफूलाई त्यसबारे केही जानकारी नभएको र प्रहरी प्रमुखसंग सोध्न आग्रह गरे । उनले म्यादी प्रहरी छनौटको लिखितको नतिजा माग गर्दा पत्रकारलाई दिन नमिल्ने भन्दै कुनैपनि विवरण आफूले दिन नसक्ने बताए ।

नियुक्त भएको दुई दिनपछि निकालिए पूर्व राष्ट्रसेवक

यसैबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि खोलिएको कञ्चनपुरको म्यादी प्रहरीको छनोटमा एसपी प्रकाश चन्दको मनोमानी कायमै रहेको छ । एसपी चन्दले कार्तिक १७ गते सुचना प्रकाशित गरि २३ जना म्यादी अनुपस्थित रहेको हुँदा पदपुर्ती गर्नुपर्ने भन्दै वैकल्पिकमा नाम निस्केका पुर्व नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलका उम्मेदवारहरुलाई सम्पर्क गर्न सार्वजनिक रुपमा सुचना प्रकाशित गरि २३ जना भुपुहरुलाई नियुक्त गरेको दुईदिन म्यादी प्रहरीका रुपमा काममा लगाएर उनीहरुलाई आईतबार नियमविपरित एकाएक हटाएको हो ।

एसपि चन्दले आफुहरुमाथि अन्याय गरि पुनः म्यादी हुनबाट रोकेको भन्दै पूर्व राष्ट्रसेवकहरुले आपत्ति जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले सुचना प्रकाशित गरेर नियुक्त गरेपछि दुईदिन काममा लगाएर आईतबार पुनः अर्का सुचना प्रकाशित गरी आफूहरुलाई रोकेको भन्दै आपत्ति जनाएका हुन् ।

आईतबार उनीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालयले अपेहेलना गरेको आरोप लगाएका हुन् । वैकल्पिक समूहमा परेका २३ पूर्व राष्ट्र सेवकहरुलाई १७ गते कार्यालयमा आउन सूचना जारी गरिएको थियो । फाईनल नतिजामा उत्र्तिण भएका मध्ये २३ जना सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक सुचना जारी गर्दै वैकल्पिकमा परेका २३ जना पूर्व सुरक्षाकर्मीहरुलाई सम्पर्कमा आउन भनिएको थियो । ‘ हामी त वैकल्पिकमा परेपछि घरमा फर्किसकेका थियौं’ भीमदत्त नगरपालिका– १८ भगतपुरका पूर्व नेपाली सेनामा कार्यरत दलसिंह साउदले भने,‘ घरमै आएर कार्यालयमा सम्पर्क गर्न भनियो, हामी पनि गयौं केहीले त १५ गते देखी नै डियुटी गरे’ । तर आईतबार सम्पर्कमा आएर डियुटीमा खटिन लागेका २३ जनालाई नै फिर्ता जान भनेर अर्काे सुचना प्रकाशित गरी नयाँ २३ जनालाई भर्ना गरियो ।

भीमदत्त नगरपालिका १८ कै पूर्व नेपाली सेनामा कार्यरत भानबहादुर चन्दले पनि पूर्व सुरक्षाकर्मीहरुलाई म्यादी छनोटमा प्राथमिकतामा राख्ने भनिएपनि जिल्ला प्रहरी कार्यालयले त्यसो नगरेको बताए । उनले आफूहरुलाई बोलाएर काममा लगाई फेरी घरफिर्ता बोलाउनु गलत भएको बताए । ‘ ढुक्क हुनुस अब तपाईहरुले म्यादी प्रहरी भएर काम गर्नुपर्छ भनेर आश्वासन दिईयो ’ चन्दले भने,‘ आईतबार भने अन्य २३ जनालाई भर्नामा लगियो’ । उनीहरुले प्रहरीको विभेदपूर्ण काममा छानविन हुनुपर्ने माग समेत राखेका छन् ।

यसैबीच म्यादी प्रहरी छनोटमा भएको अनियमितता बारे अख्तियारले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरि सम्पूर्ण विवरण पेश गर्न भनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका कार्यालय प्रमुख बिष्णुसिंह विष्टले प्रहरीलाई म्यादी प्रहरीको आवेदन फाराम देखी नतिजा प्रकाशनसम्मको सबै विवरण पठाउन भनिएको बताए ।

यसअघि एसपी चन्दले छनोटमा लिखित फेल भई मौखिक परिक्षामा सहभागि हुनै नपाएका २७ जनालाई पास गरेको देखिएको थियो । उम्मेदवारबाट पहिल्यै रकम असुलेर म्यादी प्रहरी बनाएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । असोज ६ देखि सुरु भएको म्यादी छनौट प्रक्रियामा लिखितमा सबै भन्दा बढी अनियमितता भएको सहभागीहरु बताउँछन् ।

मौखिक परीक्षाका क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश चन्द लगाय अन्य सुरक्षा निकायका प्रमुखले आप्mना व्यक्ति भर्ना गर्न पास भएकालाई पनि फेल गराएको र फेल भएकाहरुलाई समेत मौखिक परीक्षामा सामेल गराएर पास गराएको सहभागीहरु  बताउँछन् ।असोज २१ देखि ३० गतेसम्म म्यादीका लागि आवेदन खुल्ला गरिएको थियो । जसमा ४ हजार ७ सय बढीले आवेदन दिएका थिए । अधिकाशं उच्च शिक्षा गरेका र पुर्व सुरक्षाकर्मीले आवेदन दिएको प्रहरीले जनाएको छ । असोज ६ देखि सुरु भएको म्यादी छनौट प्रक्रियामा लिखितमा सबै भन्दा बढी अनियमितता भएको सहभागीहरु बताउँछन् ।