११ मंसिर २०८३, शुक्रबार

नाकाबन्दीविरुद्ध बोलेका धनराजलाई कांग्रेसले टिकट नदिएपछि गृहजिल्लामा रुवाबासी !

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । राजनीतिमा व्याप्त वेथितीका विरुद्ध र समसामयिक घटनाक्रममा सत्यको पक्षमा आवाज उठाउँदै आएका नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले टिकट नपाएपछि उनको गृहजिल्ला रुवाबासी भएको छ ।

भारतले लगाएको अघोषित नाकाबन्दीविरुद्ध खरो रुपमा उत्रिएका गुरुङको नाम प्रतिनिधिसभा सदस्यका लागि स्याङजा क्षेत्र नम्बर १ र २ बाट सिफारिस गरिएको थियो । तर, केन्द्रले उनलाई टिकट दिएन् । प्रदेशसभामा जान भन्दा उनले मानेनन् । टिकट नपाएसँगै उनले अब यसपटक चुनाव लड्ने छैनन् ।

गुरुङले टिकट नपाएको खबर सुनेपछि स्याङजाका जनता भावुक र कांग्रेसप्रति आक्रोशित भएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा गुरुङले आफूले टिकट नपाएको खबरले स्याङजाली जनता रोएको खुलासा गरे । धनराज गुरुङ टिकट नपाइसकेपछि स्याङजाली जनताले के भन्लान भन्ने प्रश्नमा उनले भने– ‘धेरैसँग मेरो फोन वार्ता भयो । धेरै साथीहरुसँग त फोनमा कुरै गर्न सकिन् । फोन गरेरै रोए । उनीहरु नै रोए ।’ यसो भन्दा गुरुङ अन्तर्वार्तामै भावुक बनेका थिए ।

उनले अगाडि भने– ‘मेरो लगानी, पार्टीप्रतिको लगाव, निरन्तरताको लगाव सम्झिदाखेरी म अलिकता भावुक भए । मुलुकलाई ठिक ठाउँमा लैजान्छु भनेर मैले ड्राइभिङ गरेको हो । त्यही ठाउँमा लैजान अहोरात्र खट्छु म फेरि ।’

हेर्नुस् भिडियोः