५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा गौरादह र तरहरामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंकले झापाको गौरादह नगरपालिका ३ र सुनसरीको ईटहरी उप–महानगरपालिकाको २० तरहरामा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले गौरादह शाखाको र ईटहरी उप–महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको उदघाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक एनआईसी एशियाले आजबाट सञ्चालनमा आएका २ शाखासहित देशभर १३३ शाखा कार्यालय र १४१ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए ।