११ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति कार्यालय तथा पूर्वराष्ट्रपतिको बेइज्जतीः घर छाड्न १५ दिने ‘अल्टिमेटम’

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । पूर्वराष्ट्रपति डा. रामबरण यादवलाई भाडामा बस्दै आएको घर छाड्न घरबेटीले १५ दिनको अल्टिमेटम दिएका छन् ।

राष्ट्रपति कार्यालय तथा पूर्वराष्ट्रपतिको नाममा सोमबार सूचना जारी गर्दै घरबेटी रविभक्त विष्टले १५ दिनभित्र घर र कम्पाउण्ड खाली गर्न निर्देशन दिएका हुन् ।

पटकपटक घर खाली गर्न सूचना दिँदा पनि घर खाली नगरेको भन्दै विष्टले राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको सूचनामा उल्लेख छ । मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने उनले बताएका छन् ।

सरकारी लापरबाहीका कारण राष्ट्रपति र पूर्वराष्ट्रपतिकै बेइज्जती भएको छ । यसअघि पनि पटकपटक पूर्वराष्ट्रपति यादवले आफूलाई दिँदै आएको सेवा अपुग भएको गुनासो गर्दै आएका थिए ।