झापा, २० कात्तिक । स्थानीय तहबाटै सेवा दिनको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।
देशैभरि फैलिएका यस बैंकको ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु निउपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया