३० आश्विन २०८३, शुक्रबार

साउदी अरबका राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २० कात्तिक । साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मृत्यु भएको स्थानीय अलखबरीया समाचार च्यानललाई उधृत गर्दै बीसीले जनाएको छ ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए ।

मुकरिन पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । उनी असिर प्रान्तका उपगर्भनर समेत हुन् ।

हिजोमात्रै उनी सहित ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरूलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान सुरु गरेको थियो ।