३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा चर्चभित्र गोली चल्यो, २६ जनाको मत्यु

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


न्यूयोर्क, २० कात्तिक । अमेरिकाको टेक्सासमा चर्चभित्रै गोली चल्दा पादरीकी छोरीसहित २६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

टेक्सास राज्यस्थित सदरल्याण्ड स्पिङको एउटा चर्चमा एकजना बन्दुकधारीले आइतबार बिहान अन्धाधुन्ध गोली चलाएका हुन् ।

आइतबार बिहान साढे ११ बजेतिर प्रार्थना चलिरहेको बेला २६ वर्षीय डेभिन प्याट्रिक केली नामका बन्दुकधारी कालो नकाबमा सदरल्याण्ड स्प्रिङको बापटिष्ट चर्चभित्र छिरेको र स्वचालित राइफलबाट अन्धाधुन्ध गोली चलाएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

गोली लागेर चर्चभित्र २३ जना, चर्चबाहिर दुई जना र अर्को एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच वर्षदेखि ७२ वर्षसम्मका व्यक्तिहरु रहेको र तीमध्ये पादरीकी १४ वर्षीय छोरी पनि रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । गोली लागेर अन्य २० जना घाइते भएका छन् । – एजेन्सी