
सिन्धुली, २० कात्तिक । सिन्धुली जिल्लाको टर्किबेसीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
फिक्कल गाउँपालिका– ४ टर्किबेसीमा आइतबार राति बा ७ च ३६९५ नं. को बलेरो जिप दुर्घटना भएको हो । सिन्धुलीको खुर्कोटबाट खाङसाङ बेसीतर्फ जाँदै गर्दा जिप टर्किबेसीको उकालो चढ्न नसक्दा ब्याक भएर सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बलेरोमा सवार स्थानीय ४० वर्षीय अमरबहादुर दर्लामी र ४० वर्षका रामप्रसाद बरालको घटनास्थलमै मृत्यु थियो ।
दुर्घटनामा घाइते भएका फिक्कल गाउँपालिका– ४ का ५९ वर्षीय दीपबहादुर मगर र ६० वर्षीय नरबहादुर बलमपाखीको भने उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेमध्ये १ जनालाई बि एण्ड बि अस्पताल ललितपुर ल्याइएको छ । ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भैरहेको छ ।











प्रतिक्रिया