काठमाडौं, २० कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको आरोप लगाए ।
‘एमाले र माओवादी कम्युनिष्ट पनि होइनन् । वामपन्थी पनि होइनन्’, उनले भने, ‘असली कम्युनिष्ट हामी हौँ । उनीहरू त दक्षिणपन्थी हुन् । सिद्धान्त बेचेर खाइसके ।’
दुई ठूला कम्युनिष्ट पार्टीले वाम गठबन्धन गरेर पार्टी एकीकरण गर्ने तयारी गरेका बेला तपाईको आरोपको अर्थ छैन ? भन्ने प्रश्नमा अध्यक्ष बैद्यले भने, ‘यो वाम गठबन्धन भने पछि दक्षिणपन्थी गठबन्धन हो । रुपमा वाम भएपनि उनीहरू वाम होइन ।’
पुष्पकलम दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीलाई उनले अवसरवादी नेता रहेको आरोप लगाए । उनले भने, ‘उनीहरू अवसरवादी हुन् । हामी उनीहरूसँग मिल्ने कुरै आउँदैन । गठबन्धनमा पनि जाँदैनौँ ।’











प्रतिक्रिया