११ मंसिर २०८३, शुक्रबार

बागीलाई विधानअनुसार कारबाही हुन्छः संयोजक खाँण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले बागी उम्मेदवारलाई विधानअनुसार कारबाही गरिने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा संयोजक खाँणले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारबाही गर्ने बताएका हुन् ।

‘बागी उम्मेदवारलाई हामीले कारबाही गर्नु पर्दैन, विधानमा नै बागी उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था गरिएको छ’, संयोजक खाँडले भने ।

उनले बागी उम्मेदवारसँगै प्रस्तावक र समर्थकलाई पनि कारबाही हुने स्पष्ट पारेका छन् । संयोजक खाँणले आजमात्रै ५० प्रतिशतभन्दा बढी बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताए । उनले मंसिर १० र २१ गतेको निर्वाचनका लागि पार्टीका शीर्ष नेतालाई सात प्रदेशमा नै आमसभामा भाग लिने गरी व्यवस्था मिलाउन लागिएको जानकारी समेत दिए । त्यस्तै, मझौला नेताहरुलाई भने प्रदेश सभा र जिल्लामा खटाइने उनले स्पष्ट पारे । उनले अहिलेको समयमा सबैलाई एकताको सूत्रमा बाँध्ने लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन आवश्यक रहेको पनि बताए । –रासस