५ कार्तिक २०८३, बिहिबार

यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हरिवनमा नयाँ शाखा विस्तार गरेको छ । हरिवन शाखा कार्यालयको आइतबार एक कार्यक्रमका बीच कम्पनीका नायब महाप्रबन्धक कोषराज सुबेदीले उद्घाटन गरेका छन् ।

नयाँ शाखाको उद्घाटन गर्दै सुवेदीले यस कम्पनीले सेवा सुविधालाई प्राथमिकतामा राखी कार्य गरिरहेकाले सेवाग्राहीहरु लाभान्वित हुने बताए । २ अर्ब १५ करोड जारी तथा चुक्ता पूंजी रहेको यस कम्पनीले नयाँ बानेश्वरमा आवश्यक पूर्वाधारयुक्त कर्पोरेट कार्यालय स्थापना गरेको छ । प्रारम्भिक चरणमा कम्पनीले बीमा समितिबाट ३७ वटा शाखाहरु कार्यालय संचालकनको स्वीकृती प्राप्त गरेको छ । आगामी दिनमा कम्पनीले क्रमिक रुपमा शाखाहरुको संख्या बढाउदै लैजाने बताएको छ ।

गत असोजबाट कारोवार आरम्भ गरेको यूनियन लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, न्यौपाने ग्रुप, गाडिया ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर रहेका छन् ।

हाल कम्पनीका सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक जीवन बीमा, बाल सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरु रहेका छन् । निकट भविष्यमा कम्पनीले प्रभावकारी बीमा योजनाहरु ल्याउने तयारीमा रहेको बताएको छ ।