५ कार्तिक २०८३, बिहिबार

कोरियाबाट पहिलोपटक प्राईभेट मनि ट्रान्सफर कम्पनीबाट कारोबार शुरु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली कामदारलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस रेमिट्यान्स कम्पनी आइतबारदेखि सञ्चालनमा आएको छ ।

छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेस (जीएमई)को कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरे ।

ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएको भएतापनि कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने ग्लोबल मनि एक्सप्रेस (जीएमई) पहिलो रेमिट्यान्स कम्पनी भएको छ । कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापना संगै यसका शाखा तथा अनलाईनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने छ भने उक्त रकम ग्लोबल आइएमई बैंक लि. का नेपालमा रहेका सम्पूर्ण शाखाहरु तथा नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

उक्त औपचारिक समुद्घाटन समारोहमा बोल्दै कोरियाका लागि नेपाली राजदूत सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले रेमिट्यान्स नेपाल पठाउने यस्ता बिभिन्न अनौपचारिक माध्यमहरुलाई निरुत्साहित गरि राष्ट्र निर्माणमा आ–आफ्नो तर्फबाट हातेमालो गर्न समेत कोरिया लगायत अन्य राष्ट्रहरुमा रहेका सम्पूर्ण नेपालीमा आह्वान गरे ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्र्डिस्टिजका अध्यक्ष किरण प्रकाश शाँख लगायत बिशिष्ट ब्यक्तिहरुले कोरियन सरकारको यो स्वीकृती र जीएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठुलो सहयोग पुग्ने बताए ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, त्यहाँ कार्यरत नेपालीहरु, एनआरएनका प्रतिनिधिहरु, कोरियामा रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।