५ कार्तिक २०८३, बिहिबार

एनआई सी एशिया बैंकको ३ नयाँशाखाहरु खजुरा, मगरागडी र रमाइलोमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । एनआईसी एशिया बैंकको ३ नयाँ शाखाहरु, खजुरा गाउँपालिका वडा नम्बर ३, बाँके त्यसैगरी बारबर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोर¨मा आजदेखि सञ्चालनमा आएका छन् ।

नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पाडैलबाट खजुरा र मगरागडी शाखाको समुद्घाटन सम्पन्न भएको थियो भने रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक एनआई सी एशिया बैंकले उल्लेखित ३ शाखाको उद्घाटनसँगै हाल देशभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।