११ मंसिर २०८३, शुक्रबार

काँग्रेसले थाल्यो चुनावी छलफल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काँग्रेसले विभिन्न निकायसँगको चुनावी छलफल सुरु गरेको छ । पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन भएको काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचन सम्बन्धी वृहत छलफल थालेको हो ।

आइतबार नै पार्टीको केन्द्रीय कार्यालयमा समितिले नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) लगायतका संस्थाहरुसँग छलफल गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । त्यस्तै, केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन–२०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचार प्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका कामहरु र प्रभावकारी प्रचार प्रसारका लागि भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो ।