११ मंसिर २०८३, शुक्रबार

उम्मेदवारी खारेज गरेपछि निर्वाचन आयोगमाथि खनिए जोशी, कानूनी उपचार खोज्ने चेतावनी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ९ कात्तिक । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै निर्वाचन आयोगमाथि आक्रोश पोखेका छन् । उम्मेदवारी रद्ध गर्ने निर्वाचन आयोगको निर्णयलाई अप्रजातान्त्रिक र असंवैधानिक भन्दै नेता जोशीले कानूनी उपचार खोज्ने चेतावनी दिए ।

तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका जोशीको शनिबार निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवार खारेज भएको भोलिपल्ट सदरमुकाम दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको तर्क गरे ।

‘निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष भएन, सत्ताको प्रभाव र दवावमा पर्यो,’ आक्रोश पोख्दै जोशीले भने, ‘कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा सात दिनको म्याद दिएर स्पष्टीकरण लिने प्रावधानको खिल्ली उडाउँदै स्पष्टीकरणको मौका समेत दिइएन ।’

आयोगको निर्णयका विरुद्धमा के गर्ने भन्ने बारेमा कानुनविदहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए । चुनाव अदालतले गर्ने नभई आयोगले गर्ने हुँदा आयोगको निष्पक्षतामाथि विश्वास उडेको उनको टिप्पणी छ ।