११ मंसिर २०८३, शुक्रबार

विनाको नाम प्रचण्डसँग जोडिएपछि प्रकाश दाहाल फायर! आलोचकलाई यसरी दिए जवाफ

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालले पत्नी एवं पार्टीकी नेतृ विना मगरलाई आफ्नो परिवारसँग मात्रै जोडेर हेरेकोमा आपत्ति जनाएका छन् ।

विना जनयुद्ध लडेर आएको र उनको ईतिहास प्रचण्ड परिवारसंग जोडिनु भन्दा २ दशक पहिलादेखिको रहेको स्मरण गराउँदै प्रकाशले ‘प्रहरीले बुहारीलाई टिकट दिए’ भन्ने प्रचारमा आपत्ति जनाएका हुन् ।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो सन्देश लेख्दै प्रकाशले पार्टी र आन्दोलनप्रति विनाले दिएको योगदानलाई नजरअन्दाज गरिएको गुनासो गरेका छन् ।

उनले आफ्नो श्रीमती बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिएको भन्दै दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, ‘त्यो सरासर गलत हो जस्तो लाग्छ । र, त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ ।’

विना मगरको योगदानलाई नजरअन्दाज गरिएको दाबी गर्दै सोधेका छन्– ‘के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हुँदा बनाईएको थियो ?’

यस्तो छ प्रकाशको आक्रोशपूर्ण सन्देशः

एउटा कुरा ब्यापक के देखियो भने माओवादी भित्र आफ्नो छोरा बुहारीलाई सांसद र पदको लागि (समानुपातिक र प्रत्यक्ष) भनेर व्यापक मिडियाबाजी र संजाल रंगाएको पाईयो । म कुनै पदको लागि प्रतिश्पर्धामा लागेको छैन । ०५७ सालमै पढाई छोडेर जनमुक्ति सेनामा जाने भनेर लागेको र तत्कालिन स्थायी कमिटिको बैठक मुख्यतस् स्थायी कमिटि सदस्य र मेरो बुवापछिको अभिभावक पोष्ट बहादुर बोगटीकै निर्देशन अनुसार जहा बसेरपनि पार्टी र नेतृत्वकै रक्षाको लागि लाग्ने र तिम्रो अनुभव कम्प्युटर र भाषामा छ । मुख्य नेतृत्व कहिले प्रवाश कहिले नेपाल हुने हुँदा अध्यक्षकै सचिवालयमा बसेर काम गर्नु पर्ने भनिसकेपछि अध्यक्षको सचिवालयमा बसेको थिए । त्यति बेलादेखि जतिबेला म ११ कक्षा पास भएको थिए । अहिलेसम्म परिवार व्यक्तिगत स्वार्थ केहि खोजिएन । हो, बिचमा मेरो केहि प्राविधित कमजोर भयो र पार्टी बिधान अनुसार महिले सब कारवाही ब्योहोरे ) अन्यथा केहि छैन । बाँकी दिनमा पनि पार्टीबाट अपेक्षा केहि छैन जति सकिन्छ सहयोग गर्नेनै हो । म त्यो दौडमा छैन ।

अर्को जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सिमित गर्ने प्रयत्न गरिन्छ त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्ववियू सभापति प्रचण्डको परिवार भएको हूंदा बनाईएको थियो ? बिना मगर आफैमा स्थापित र ०५४ सालदेखि जो अहिले बिभिन्न कालखण्डका उम्मेदवार छन् उनीहरु १/२ कक्षामा पढ्थे होलान् । उनको इतिहास जो प्रचण्ड परिवारसँग जोडिनु भन्दा २ दशक पहिलादेखि कायम थियो त्यसलाई नजरअन्दाज नगरियोस् म प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनैतिक जिवन प्रचण्ड जोडिदा र प्रचण्ड परिवार जोडिदा उनलाई घाटा भएको छ । उनको ईतिहासको नजरअन्दाज गरिएको छ । परिवार परिवार भनेर सबैलाई एउटै आंखाबाट नहेरौ ।