गुल्मी, १९ कात्तिक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार हुने बताएका छन् । स्थिर सरकार र समृद्धीका लागि वाम गठबन्धन निर्माण भएर चुनावी मैदानमा रहेकाले अब बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताए ।
उनले वृद्ध, अपाङ्ग, दलित, महिला जनजाती लगायत सबै क्षेत्रको संविधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निर्माण भएकाले अब निर्वाचनपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गरे ।
आइतबार विहान वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उनले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गरे । अहिले बृद्ध भत्ता मासिक २ हजार छ उनले भने, ‘यसलाई बढाएर मासिक ५ हजार बनाउन कुनै समस्या छैन ।’
साथै उनले मुलुकलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पारे । उनले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निमार्ण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताए ।
साथै उनले बिएसम्म निशुल्क शिक्षा प्रदान गर्ने समेत बताए । नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने बताए । म आफु जनताको काम गर्नका लागि सेवकको रुपमा उपस्थित भएको छु विष्टले भने, ‘मैले राजनितीलाई गफको रुपमा बुझेको छैन, जनताको विकास र समृद्धीसँग ।’











प्रतिक्रिया