२ कार्तिक २०८३, सोमबार

सिनियरमा आर्मी र जुनियरमा मध्यमाञ्चल टिम च्याम्पियन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल १७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।

नुवाकोटमा भएको प्रतियोगितामा आर्मीले ८ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्वर्ण, उत्तिनै रजत र ३ कांस्यसाथ एपीएफ क्लब दोश्रो तथा २ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ पश्चिमाञ्चल तेश्रो भए ।

नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको जुनियरमा च्याम्पियन बनेको मध्यमाञ्चलले ८ स्वर्ण, ६ रजत र ३ कांस्य हात पा¥यो । दोश्रो भएको एपीएफले ४ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो ।

सिनियरको पुरुषमा सागर कुँवर तथा महिलामा रन्जु पुलामी मगर उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा युनिश गौतम तथा महिलामा विपना मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारै मध्यमाञ्चलका हुन् र चारैले दोहोरो स्वर्ण जितेका थिए । चारैले स्पाइरिङ र प्याटर्न स्पर्धामा स्वर्ण जितेका हुन् ।

प्रतियोगिताको अन्तिम दिन पुरुष ५१–५५ केजीमा पश्चिमाञ्चलका विराज कुमाईं, ६१–६५ केजीमा पूर्वाञ्चलका दिलन राई, ६६–७० केजीमा आर्मीका लीलाधर बस्नेत, ७१–७५ केजीमा एपीएफका हर्कलाल राजवंशी, ७६–८० केजीमा आर्मीका विजय सुनार र ८१–८५ केजीमा आर्मीका चाउची डंगोलले स्वर्ण जिते ।

महिलाको ४१–४५ केजीमा मध्यमाञ्चलकी रन्जु पुलामी मगर, ४६–५० केजीमा आर्मीकी रुविना खड्का, ५१–५५ केजीमा आर्मीकी रिना धिमाल, ५६–६० केजीमा एपीएफकी शान्ति खत्री, ६१–६५ केजीमा आर्मीकी सिर्जना राई, ६६–७० केजीमा पश्चिमाञ्चलकी कामना पुन तथा ७१–७५ केजीमा आर्मीकी सिमा खाशुले शीर्ष स्थान कब्जा गरे ।

विजेतालाई नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधान, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।