विराटनगर, १८ कात्तिक । एमाले निकट संठगठन युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि अज्ञात समूहले आक्रमण गरेको छ । मोटर साइकलमा आएका अज्ञात समूहले धारिलो हतियारले उनलाई आक्रमण गरेको मोरङका प्रहरी प्रमुख अरुण बिसीले बताए ।
उनीमाथि आक्रमण हुँदा उनी दुधर्फम नजिकै थिए । धारिलो हतियारको आक्रमणबाट निरौलाको हातमा चोट लागेको छ । साँझ ५ बजेतिर भएको घटनाबारे निरौलाले प्रहरीलाई खबर नगरेको प्रहरी प्रमुख बिसीले बताए । आफैले बुझ्दा निरौलाले हिँडिरहेको समयमा मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको बताएको बिसीले जानकारी दिए ।











प्रतिक्रिया