११ मंसिर २०८३, शुक्रबार

वाम सरकार आए वृद्धभत्ता ५ हजार, सबै जनताको निःशुल्क उपचारः सुरेन्द्र पाण्डे

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ कात्तिक । नेकपा एमालेका नेता एवं वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र पाण्डेले अब वन्ने वाम सरकारले वृद्धभत्ता ५ हजार बनाउने र जनताको उपचार निःशुल्क गर्ने बताएका छन् ।

वाम गठबन्धनले चितवनको माडीमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता पाण्डेले जनताको सामाजिक सुरक्षामा वाम गठवन्धनको सरकारको चासो सबैभन्दा बढी रहने दावी गरे ।

‘वृद्धभत्ता अहिले २ हजार छ त्यसमा ३ हजार थप्न कुनै समस्या हुँदैन, स्वास्थ्य बीमा मार्फत सबै जनताले निःशुल्क उपचार पाउँछन्,’ पाण्डले भने, ‘कांग्रेसले वाम गठवन्धनका बिरुद्ध जतिसुकै हल्ला र कोकोहोलो मच्चाएपनि कोही जनताले पत्याउनेवाला छैन् ।’