११ मंसिर २०८३, शुक्रबार

कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज, पौडेललाई राहत !

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका जोशीको शनिबार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको हो ।

नैतिक पतन देखिने व्यक्ति उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी बदर गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा ओर्लिएका छन् । पौडेलले शुक्रबार मात्रै जोशी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएका थिए । यद्यपी जोशीले आफ्नो मुद्दा सर्वोच्चमा बिचाराधिन रहेको भन्दै उम्मेदवारी कायम हुने दाबी गरेका थिए ।

जोशी भ्रष्टाचार अभियोगमा विशेष अदालतले दोषी ठहर भएका व्यक्ति हुन् । पछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा गएका थिए । र, अहिले उनको मुद्दा अदालतमा बिचाराधिन छ ।