धनगढी, १८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ३ देउरालीमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंं. को बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते ३ जनालाई उपचारका लागि दिपायल पठाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पालले जानकारी दिनुभयो । अहिले घटनास्थलमा उद्धारको काम भैरहेको छ ।
दिनेश ठकुल्लाबाट












प्रतिक्रिया