५ कार्तिक २०८३, बिहिबार

अब नगरपालिकाका जनतालाई निःशुल्क इन्टरनेट !

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १८ कात्तिक । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ ।

नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गराउन लागेको हो ।

शुक्रबार एक समारोहका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र माइक्रोसफ्ट इनोमेशन सेन्टरका राष्ट्रिय निर्देशक वीरलोचन तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

इन्टरनेट सेवा क्षेत्रका विज्ञ बाबुराम आचार्य, राष्ट्रिय निर्देशक तुलाधर, कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलगायतका वक्ताले २१औँ सताब्दीको विज्ञान र प्रविधिको युगमा जुनसुकै काममा पनि इन्टरनेट सेवा आवश्यक भइसकेको सान्दर्भिकतामाथि प्रकाश पार्नुभयो ।

प्रमुख भीमप्रसाद ढुंगानाले आफूले प्रतिबद्धता जनाएको काम पूरा गर्न पाएकामा खुशी व्यक्त गर्दै चाँडै नै सार्वजनिक पार्कको निर्माण गरी नगरपालिकाभित्रको १४ वटै वडामा पक्की बाटो निर्माण गर्ने कामको शुरुवात समेत गरिसकेको बताउनुभयो । रासस