काठमाडौं, १८ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिक बन्द सूचीमा केसीको नाम एक नम्बरमा छ ।
राष्ट्रिय जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर केसी पछाडि जनकराज शर्मा, शंकरप्रसाद बराल, दुर्गाबहादुर केसी, चन्द्रबहादुर खत्री लगायत १०२ जनाको नाम छ ।
दोस्रो संविधानसभामा ३ सांसद जितेको राष्ट्रिय जनमोर्चाले यसपटक प्रत्यक्षमा भने उपाध्यक्ष दुर्गा पौडेललाई प्रत्यक्षतर्फको सांसदमा उठाएको छ । जनमोर्चाले प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेर दुर्गालाई वाम गठबन्धको साझा उम्मदेवार बनाएको छ ।











प्रतिक्रिया