११ मंसिर २०८३, शुक्रबार

कस्ले झिकाउँदैछ नेपालमा भारतीय सुटर ? पोखरामा पनि समातिए तीन भारतीय

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १८ कात्तिक । काठमाडौँमा दुई जना भारतीय सुटर पक्राउ परेको दुई दिन नबित्दै पोखरामा पनि तीन जना भारतीय सुटरहरु पक्राउ परेका छन् ।

कास्की प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अबस्थामा तीन जना भारतीय सुटरलाई पक्राउ गरेको हो । उनीहरुलाई सहयोग गर्दै आएका एकजना नेपाली पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु भारतको राजस्थान राज्यमा आंतक मच्चाएका नामुद गुण्डाहरु हुन् । उनीहरुमाथि भारतमा ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा छ । यद्यपि प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाएको छैन् ।

भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चुनावको मुखमा भारतीय अपराधीहरुको जगजगी बढेपछि नेपाल प्रहरीले सतर्कता अपनाएको छ । यसअघि काठमाडौँको कमलादीस्थित गण्डकी खाजा घरमा गोली हान्ने दुई भारतीय सार्प सुटरका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । चुनावको मुखमा साना हतियारको जगजगी बढ्नुले सुरक्षा व्यवस्थामै चुनौती थपिएको छ । आखिर किन नेपाल छिर्दैछन्, अपराधीहरु ?