काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) उम्मेदवार नवराज सिलवालविरुद्ध निर्वाचन कार्यालय ललितपुरमा उजुरी परेको छ ।
ललितपुर क्षेत्र नं. १ मा सिलवाल एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । सिलवाल उम्मेदवार बन्नका लागि योग्य नभएको भन्दै उजुरी परेको हो ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका हुन् ।
सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र नम्बर १ ले दिएको छ ।
तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् ।











प्रतिक्रिया