५ कार्तिक २०८३, बिहिबार

अब कोरियाबाट सजिलै नेपाल पैसा पठाउन सकिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । दक्षिण कोरियाबाट अब नेपाल सजिलै पैसा पठाउन सकिने भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाविच रेमिट्यान्स सम्झौता भएसँगै दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना आफन्तलाई सजिलै पैसा पठान सक्नेछन् ।

दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका नेपालभरी रहेका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् । माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमालगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदानगर्ने व्यवस्था गरेको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

दक्षिण कोरियास्थित इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालयमा बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सन्तोष कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले सो रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका छन् ।