काठमाडौं, १७ कात्तिक । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ ।
सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीराम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित हुनुभएको हो ।
सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाउनुभएको थियो ।
स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’नामक सेवाग्राहीमूखि कार्यक्रमयही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । यसअघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट हुनुभएको थियो ।
भाग्यशाली विजेताहरुले घरायसी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नुहुनेछ । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।
















प्रतिक्रिया