१५ कार्तिक २०८३, आइतबार

रामचन्द्र पौडेलाई आइपुग्यो खुसीको खबर, खुसीले गदगद !

25.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानूनअनुसार अयोग्य भएको कानूनविद्हरूले जिकिर गरेका छन् ।

जोशीले बिहीबार तनहुँ– १ बाट स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्यस क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले टिकट नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कानूनविद्हरूले भ्रष्टाचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानूनअनुसार रद्द हुनुपर्ने बताएका छन् ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जोशी उम्मेदवारीका लागि अयोग्य छन्, किनभने उनलाई अदालतले भ्रष्टाचारी ठहर गरिसकेको छ’, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले भने, ‘उनी अहिले सर्वोच्चमा पुनरावेदन गरिरहेका भए पनि कानूनअनुसार भ्रष्टाचारी नै हुने हुन् र उम्मेदवारीका लागि अयोग्य छन् ।’

यस्तै घटना सन् २००१ मा भारतकी राजनीतिज्ञ जयललिताका सम्बन्धमा पनि भएको थियो । जयललिताले चुनाव जिते पनि सर्वोच्च अदालतले खारेज गरिदिएको उदाहरण दिँदै थापाले जोशीको हकमा पनि त्यही नै लागू हुने जिकिर गरे ।