बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

बेरोजगार युवालाई ल्यापटप, मोवाइल र प्रिन्टर बनाउन ६ महिना मै दक्ष बनाइने

दैनिक नेपाल २०७४ कार्तिक १७ गते ६:४२

काठमाडौं, १७ कात्तिक । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ ।

आइएसओ र सीटीर्इंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टका सञ्चालक दिपक पोखरेलले बताए । ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ ।

आइएसओ मान्यता प्राप्त एलाइन्सले अब भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो । यस अघि पनि नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी ८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ ।

भदौबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) बाट समेत मान्यता पाइसकेको एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत पाउने भएका छन् । छ महिना तालिम लिए पश्चात विद्यार्थीलाई एलाइन्सले नै रोजगारीको अवसर प्रदान गर्ने सञ्चालन पोखरेलले बताए ।

सिप र ज्ञान विना मानिस जीवन अन्धकारमय हुने भन्दै सञ्चालन पोखरेल भन्छन्–‘आफूसँग सीप छ भने न त कसैको भर पर्नुपर्छ न त खाडी मुलुकको चर्को घाममा पसिना बगाउनु नै । त्यसैले म जो कसैलाई पनि सिप सिकेर दक्ष बन्न आग्रह गर्दछु ।’ एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाएर एएमसी सर्भीससमेत प्रदान गर्दै आएको छ । कम्पनीले ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ ।

यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ । जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुझ्न सक्ने सञ्चालक पोखरेल दावी गर्छन् ।

रोजगारीको अवसर नपाएर विदेश जान चाहनेहरु र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय लिइ अध्ययन गर्न चाहने विदार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्ने भएको छ । जसका कारण विद्यार्थीहरुलाई अध्ययनमा धेरै सहज हुने सञ्चालक पोखरेलको भनााई छ ।

प्रतिक्रिया
सम्बन्धित