११ मंसिर २०८३, शुक्रबार

कपिलवस्तुमा नौ पदका लागि १ सय ८६ को उम्मेदवारी

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– सीताराम चौधरी

चन्द्रौटा, १७ कातिक । कपिलवस्तुमा ३ प्रतिनिधिसभा सदस्यको लागी ५६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभाको लागि क्षेत्र नं. १ मा १७ जना, २ मा १६ जना र ३ मा २३ जनाले उम्मेवारी दिएका छन् ।

क्षेत्र नं. १ मा बाम गठवन्धनबाट चक्रपाणि खनाल, कांग्रेसबाट दीपकुमार उपाध्याय, क्षेत्र नं. २ मा बाम गठवन्धनबाट बृजेश कुमार गुप्ता र कांग्रेसबाट सुरेन्द्र राज आचार्य र क्षेत्र नं. ३ मा कांग्रेसका अभिशेष प्रताप शाह, बाम गठवन्धनका ईश्वर दयाल मिश्र, स्वतन्त्रबाट अकिल मियाँबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रदेशसभातर्फ १(क) मा १५ जना, १(ख) मा ३० जना, २(क) मा १९ जना, २(ख) मा १८ जना र ३(क) र (ख) दुवैमा २४–२४ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभामा यस पटक युवा नेतादेखि क्रिकेटर समेतले उम्मेदवारी दिएका छन् । युवा नेता विष्णु पन्थी र अन्तर्राष्ट्रिय क्रिकेटर फैजल खानले यस पटक एमालेबाट टिकट पाएका छन् ।

कपिलवस्तुमा नेपाली काग्रेंस र बामगठबन्धनका विरुद्धमा सोही पार्टीका जिल्ला स्तरका नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको ३ उम्मेदवारले बागीको सामना गर्नु पर्ने भएको छ । पूर्व राजदुत दीपकुमार उपाध्याय उम्मेदवार बनेका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा १ मा नेपाली काग्रेसका पुराना नेता समाजसेवी दुर्गा बहादुर सेनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले क्षेत्र २(ख) मा सुधाकर पाण्डेलाई टिकट दिएपछि आफूलाई अन्याय गरेको भन्दै नेपाली कांग्रेसका लोकप्रिय जिल्ला नेता राजुप्रसाद अर्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गत वर्ष वरिष्ठ अधिवक्ता भएका पाण्डेले पूर्व जिल्ला उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रहेका अर्यालको पनि सामना गर्नुपर्ने भएको छ । दोस्रो संविधान सभाको चुनावमा अर्याल र पाण्डेबीच प्रतिष्पर्धा भएको थियो । त्यसवेला सुधाकर पाण्डेले टिकट पाएका थिए ।

प्रतिनिधिसभा २ मा नेपाली काग्रेसका पार्टी सभापति विरुद्ध नेपाली कांग्रेसकै लोकेन्द्रध्वज खाँणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनको नाम बिहानसम्म टिकट पाउने लिष्टमा रहेको बताएका थिए । प्रदेशसभाको २(क) मा लोकेन्द्रध्वज खाँडको नाम अन्तिम समयमा काटेर जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले जवाहर थारुलाई अगाडि सारेका थिए ।

जवाहर थारुले टिकट पाएपछि खाँणले आचार्य विरुद्ध उम्मेदवारी दिएका हुन् । दोस्रो संविधान सभामा जवाहर थरुहट तराई पार्टीबाट निर्वाचन लडेका थिए । उनी दीपकुमार उपाध्यायलाई हराउनका लागि सुरेन्द्रराज आचार्यले उठाएको स्रोतले वताएको छ । क्षेत्र नं.२(क) मा जवाहरले टिकट पाए पनी नेपाली कांग्रेसका चर्चित नेता रेश्मीराज अधिकारीले पनि स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गरेर टिकट नपाएपछि प्रतिनिधिसभा ३(ख) बाट जानकीप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले बिहानसम्म पार्टीको टिकट आफूले पाएको बताउँदै आएपनि अन्तिम समयमा आएर टिकट नपाएपछि यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनको नाम कटाएर वीरेन्द्रकुमार कनौडियाले टिकट पाएपछि असन्तुष्ट बनेका हुन् । स्थानीय निर्वाचनमा स्वतन्त्र भएर विजयनगर गाउँपालिकाको अध्यक्ष लडेका यादव लोकप्रिय नेताको रुपमा मानिन्छन् ।

नेपाली कांग्रेसको तर्फबाट अभिशेष प्रताप शाह प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ बाट टिकट पाएका छन् । सो क्षेत्रमा कांगेसका नेता अकिल मियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अकिल मियाले क्षेत्र नं. ३(क) बाट टिकट पाउनेको नाममा परे पनि शाहले राप्रपा नेपालबाट नव प्रवेशी अजय थापाको समर्थन गरेका थिए ।

त्यस्तै एमालेबाट गत संविधानसभा सदस्यमा उम्मेदवार बनेका अजिजूर रहमान सेखले प्रतिनिधिसभा १(ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा युवा फैजल खानलाई टिकट दिएपछि अजिजूरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् ।