२१ कार्तिक २०८३, शनिबार

बाग्लुङमा बाम उम्मेद्वार जिताउन ज्येष्ठ नागरिकहरु सक्रिय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १६ कात्तिक । मुख्य दुई बामपन्थी र बागलुङमा छुट्टै पहिचान बनाएको राष्ट्रिय जनमोर्चा सहित तीन दलबीचको गठबन्धनले बागलुङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा विजयी बन्ने लक्ष्यका साथ निर्वाचन परिचालनको अभियान थालेका छन् ।

निर्वाचनमा बामपन्थीहरुलाई विजयी गराउनका लागि बागलुङमा ज्येष्ठ नागरिकहरुको सक्रियता बढ्न थालेको छ । नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेको भन्दै गाउँ गाउँका ज्येष्ठ नागरिकहरु एमाले नेतृत्वको बामगठबन्धनलाई जिताउन सक्रिय हुन थालेका हुन् । युवा, विद्यार्थी, किसान मजदुर, महिलाहरु संगठित भएर निर्वाचन परिचालनमा लाग्ने विगतको परम्परा भन्दा भिन्दै यस पटक ज्येष्ठ नागरिकहरुले निर्वाचन परिचालन कमिटि नै बनाएर प्रचार अभियानमा जुटेका छन् ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको र एमालेकै केपी ओली नेतृत्वको सरकारले २ हजार पु¥याएको भन्दै ज्येष्ठ नागरिकहरु स्वत स्फूर्त रुपमा परिचालन भएको संयुक्त बामगठबन्धनबाट प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ का उमेदवार नेकपा एमालेका युवा नेता डा. सूर्य पाठकले बताए ।

 

पूर्व जनप्रतिनिधिहरु अहिले ज्येष्ठ नागरिकका रुपमा रहेका र उनीहरुले जनताको सेवामा गरेको कामलाई आधार बनाएर ज्येष्ठ नागरिक परिचालन गर्ने अभियान थालिएको जनाइएको छ । ज्येष्ठ नागरिकहरु स्वत स्फूर्त रुपमा निर्वाचन परिचालन अभियानमा सहभागी भएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले बागलुङका ६ वटा निर्वाचन क्षेत्र मध्ये २÷२ वटामा उमेदवार दिएका छन् । प्रतिनिधिसभाका लागि २ वटा क्षेत्रीय निर्वाचन परिचालन कमिटि, प्रदेशसभाका लागि ४ वटा निर्वाचन परिचालन कमिटि गठन गरी प्रचार अभियानमा लागेका गठबन्धनले बागलुङका ८५ वटै वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरेको छन् ।