२१ कार्तिक २०८३, शनिबार

अछाममा मनोनयन दर्तापछि भील रावलले भने, ‘बाम गठबन्धनको बहुमत आउँछ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–टेकराज भण्डारी
अछाम, १६ कात्तिक । अछाममा एमाले–माओवादी केन्द्रकोे बाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेद्धारहरुले उत्साहका साथ मनोनयन दर्ता गरेका छन् । बाजागाजा तथा शक्ति प्रदर्शनसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराएका हुन् ।

अछामको क्षेत्र नम्बर १ मा बाम गठबनधनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उम्मेद्वारी दर्ता गराएका छन् । यता क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट भने जिल्ला सभापति भरत कुमार स्वारले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता पछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी निर्वाचनमा गठबन्धनको बहुमत आउने र स्थिर बामसरकार बन्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावालले स्थिर सरकार बनेमा मात्रै देश समृद्धिको बाटोमा अघि बढ्ने बताए । बामपन्थीको सरकार भए कसैले अभाव, समस्या, गरिबी र भोकमरीको अवस्था सिर्जना नहुने र जनतामा खुसी खुसी छाउने उनले बताए । बाम गठबन्धन कसैका बिरुद्ध नभएको भन्दै उनले देश र जनताको समृद्धिका लागि भएको बताए ।