११ मंसिर २०८३, शुक्रबार

एमाले नेता कर्ण थापाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ कात्तिक । सात नम्बर प्रदेशको मुख्य मन्त्रीका दाबेदार एमाले नेता कर्ण बहादुर थापा प्रदेश सभाको समानुपातिमा परेका परेका छन् । एमालेले सार्वजनिक गरेको ७ नम्बर प्रदेशको सूचीमा थापा २ नम्बरमा परेका हुन् ।

प्रदेश सूचीमा सकुन्तला नगरकोटी पछि एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य एवं प्रदेश सहसंयोजक थापाको नाम राखिएको छ । थापा बाम गठबन्धनको तर्फबाट ७ नम्बर प्रदेशको मूख्य मन्त्रीको प्रमुख दाबेदार हुन् । समानुपातिकको अग्रसूचीमा नाम समावेश भएपछि थापाको मूख्य मन्त्री बन्ने बाटो खुला भएको छ ।

२०७० को चुनावमा बाजुराबाट प्रत्यक्ष तर्फ जितेका थापालाई पार्टीको नेतृत्व तहले मुख्य मन्त्रीका रुपमा अघि सार्ने संकेत गरेपछि थापाले प्रदेश सभामा बस्ने निर्णय गरेका थिए । आफूसँगैकै समकक्षीलाई प्रत्यक्षको उम्मेदवारी दिन लगाएका थापाले समानुपातिक सिट रोजेका थिए ।

मुख्य मन्त्रीका स्वभाविक दाबेदार एमाले उपाध्यक्ष भीम रावल प्रतिनिधी सभाका लागि अछाम १ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका छन् । भने माओवादी नेता लेकराज भट्ट कैलाली र खगराज भट्ट डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् ।

एमालेमा मुख्य मन्त्रीको आकांक्षि रहेका एमालेका पुराना नेता पूर्व वन मन्त्री भानुभक्त जोशी समानुपातिक र प्रत्यक्ष दुबै तिर सिफारिसमा पर्न सकेनन् । जसको फाइदा कर्णबहादुर थापालाई पर्ने पुग्ने भएको छ ।

वाम गठबन्धन हुँदा पनि सात नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले नै पाउने निश्चित जस्तै बनेको छ । पूर्व उद्योग मन्त्री समेत रहेका थापा एमालेमा भीम रावल पछि सात नम्बर प्रदेशमा दोस्रो बरियतामा रहेका छन् ।

थापा स्वयमले पनि मुख्य मन्त्रीमा आफ्नो दाबेदारी स्वीकारेका छन् । भीम रावलले चाहना राखे दाबी रहने थिएन्, उहाँ प्रतिनिधि सभामा जानेभएपछि दाबी स्वभाविक भएको थापाले बताए । नयाँ अनुहारलाई पाटो दिन प्रत्येक्षमा उम्मेदवारी नदिएको उनले थपे ।

जिल्ला तहका माओवादी र एमाले दुबै दलका नेताहरुले पनि थापालाई मुख्य मन्त्रीको उम्मेदवारका रुपमा संवोधन गर्न थालेका छन् । माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटीले प्रदेशको मुख्य मन्त्रीको रुपमा थापा बलियो उम्मेदवार रहेको खुलेरै प्रचारमा लागेका छन् ।

थापासँगै बाजुराबाट सिता बराल थापाको नाम पनि सूचीको १३ औं नम्बरमा परेको छ । ७ नम्बर प्रदेशमा २१ जना समानुपातिक कोटा रहेको छ । काँग्रेसबाट भने प्रदेशका लागि कसैको नाम सूचीमा राखिएको छैन् । विद्या तिमिल्सेना प्रतिनिधि सभाको सूचीमा छन् । एमालेले पनि बाजुराबाट प्रतिनिधि सभामा कसैको नाम समावेश गरेको छैन् । माओवादीको सूची बाहिर नआएपनि सहदेव बोगटी र भरत बुढा प्रदेश समानुपातिकमा पर्ने संभावना रहेको छ ।