२१ कार्तिक २०८३, शनिबार

गुल्मीमा तीन शिर्ष नेताले गरे मनोनयन दर्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अनिल खत्री

गुल्मी, १६ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागी गुल्मीमा दुइ पार्टीका तीन शिर्ष नेताहरुले मनोनयन दर्ता गराएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको लागी प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ मा गोकर्ण बिष्टले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको लागी चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी चन्द्र केसीले मनोनयन दर्ता गराए । गुल्मीमा क्षेत्र नम्बर १ मा ज्ञवाली र भण्डारी बिच हुने चुनावी प्रतिस्पर्धालाई रोचकपूर्वक हेरिएको छ । त्यस्तै, क्षेत्र नम्बर २ मा बिष्ट र केसी मध्ये जनस्तरमा बिष्टसँग नै जनमत बलियो रहेको आकँलन रहेको छ ।

बाम गठबन्धनबाट क्षेत्र नम्बर १ को प्रदेश सभा तर्फ माओवादीका सुर्दशन बराल र एमालेबाट कमलराज श्रेष्ठ, क्षेत्र नम्बर २ को प्रदेश सभातर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् । गुल्मीमा नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उत्रिने गरि मनोयन दर्ता भएको छ । क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ पृथ्वी फौजदार र धनेन्द्र कार्की तथा क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ शालिक पन्थी र छन्द पहराईले मनोयन दर्ता गराएका छन् । गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि मनोनयन दर्ता गराएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागी छबिलाल सर्तुङ्गी र प्रदेशसभातर्फ ओमबहादुर कुवँरले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधीसभाका लागी रामेश्वर खत्री, प्रदेशसभातर्फ हरि न्यौपाने र धनबहादुर थापाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधी सभाको क्षेत्र नम्बर १ बाट प्रदेश सभा तर्फ टेकबहादुर खत्रीले मनोनय दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि गुल्मीमा मनोनयन दर्ता गराएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र, प्रदेशसभातर्फ पदमबहादुर खत्री र ध्रुव कुवँरले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि गणेश कुवँर, प्रदेशसभातर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट बिष्णु बहादुर घर्ती, प्रदेश सभा तर्फ धनिश्वर गौतम र रेशमराज न्यौपाने, कृष्ण बहादुर थापाले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट चुडामणी भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा दलहरुबाट कुनै पनि बागी उम्मेदवार परेका छैनन् । जिल्लामा ठुला २ दलबाट बाजागाजा तथा कार्यकर्ताको जमातसहित मनोनयन दर्ता गराएका थिए । जिल्लामा सुरुवातमा साना दल र स्वतन्त्र उम्मेदवारहरुको समय र त्यस पछी नेपाली काँग्रेस र बाम गठबन्धनको समय निर्धारण गरिएको थियो ।