–सीताराम चौधरी
कृष्णनगर(कपिलवस्तु), १६ कात्तिक । मानव बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध जिल्लामा क्रियाशिल संस्था के.आई. नेपालले नेपाल–भारत सीमा नाकाबाट ९ किशोरीको उद्धार गरेको छ । जिल्लाको कृष्णनगर नाकामा सीमा निगरानीका क्रममा केआई नेपालले भारत तथा तेस्रो मुलुकसम्म लैजान लागिएका किशोरीहरुको उद्धार गरेको हो ।
मानव बेचबिखन बिरुद्ध कपिलवस्तुको सीमा नाकामा रही यात्रुगेट र लिंकगेट दुबै स्थानमा सीमा निगरानीलाई निगरानी गर्दा ती किशोरीहरुको उद्धार गरिएको संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए । उद्धार गरिएका किशोरीहरुमध्ये धनकुटाकी एक जना, अर्घाखाँचीका तीन जना, रुपन्देहीकी एक जना, दाङ्गका दुई जना, कपिलवस्तुकी एक जना र सिन्धुलीकी एक जना गरी ९ जना रहेका उनले बताए ।
घरमा जानकारीविना कोही विवाह गर्ने निहुँमा त कोही बैदेशिक रोजगारीको लागि जान लागेको सोधपुछको क्रममा खुल्न आएको संयोजक विश्वकर्माको भनाई छ । उनीहरुलाई फरक फरक समयमा उद्धार गरिएको उनले जानकारी दिए ।












प्रतिक्रिया