२१ कार्तिक २०८३, शनिबार

नयाँ शक्तिका केन्द्रीय नेता मनोनयन दर्ताकै दिन एमालेमा प्रवेश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ कात्तिक । नयाँ शक्ति नेपाल पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

कास्कीको प्रदेश र प्रतिनिधि सभाको मनोनयन दर्ता गर्ने क्रममा नयाँशक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य कर्णेल मदन केसी, तोयनाथ लम्साल र केशव आचार्य सहित दर्जनौं कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

मनोनयन दर्ता पछिको सभामा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख सोमनाथ अधिकारी प्यासीसहित एमालेका नेताहरुले एमालेमा प्रवेश गराउनुभएको थियो ।

अहिलेको पार्टी प्रवेशले वाम धुर्वीकरणको अभियान सार्थक बनाउने अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए ।