काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानको प्रधानमन्त्रीमा शिन्जो आबे पुनः निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी आबेलाई आज बधाई सन्देश पठाउँदै पारस्परिक सहयोग, समझदारी र नेपाल–जापान मैत्री सम्बन्धका विविध पक्ष माथि चर्चा गर्नुभएको छ ।
प्रजातन्त्र र जनता–जनताबीचको सम्बन्ध एवं सम्पर्कले दुवै मुलुकबीचको सम्बन्धलाई विकसित तुल्याएको चर्चा गर्दै उहाँले कठिन अवस्थामा समेत जापानले नेपाललाई सहयोग गरेकोमा त्यसको प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर प्राप्त सहयोग र सद्भावको सराहना गर्दै नेपाल र जापानबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ एवं प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । रासस












प्रतिक्रिया