– राजकुमार श्रेष्ठ
दमौली, १६ कात्तिक । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गर्नु भएको छ ।
कांग्रेसका पार्टी कार्यालयवाट बाजागाजासहित बजार परिक्रमा गरि उम्मेदवार दर्ता गराउनुभएको पौडेलका साथमा तनहँु क्षेत्र नं २ का प्रतिनिधि सभाको क्षेत्र नं २ मा पुर्व वनमन्त्री शंकर भण्डारीले उम्मेदवार दर्ता गराउनुभएको छ ।
केहिबेर अगाडि मात्र नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पुर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसको उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध वागी उम्मेदवार दर्ता गर्नुभएको थियो । गोविन्दराज जोशीको वागी उम्मेदवार मनोनयन सँगै तनहुँको उक्त क्षेत्रमा वाम गठवन्धनका उमेदवार किसान श्रेष्ठको पल्ला भारी हुनेसम्भावना वढेको छ ।













प्रतिक्रिया