२१ कार्तिक २०८३, शनिबार

मनोनयन दर्तापछि गगन थापाले भने, ‘एक महिनामै काठमाडौंको कायापलट हुनेछ’

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्तापछि बोल्दै थापाले आफू निर्वाचित भएको एक महिनामै काठमाडौंको कायापलट गरिदिने आश्वासन दिएका छन् । ‘अहिले २–३ वर्ष भन्दा बढी समय लगाएर शहरी पूर्वाधार निर्माण भइरहेको छ’ उनले भने, ‘म निर्वाचित भएको एक महिनामै शहरी विकासका कामहरु सम्पन्न गर्नेछु ।’