काठमाडौं, १६ कात्तिक । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि काठमाडौँ एकबाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराउनु भएको छ । यता क्षेत्र नम्बर चारमा गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सिंह र थापाले राष्ट्रिय सभागृह पुगेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्तापछि पत्रकारहरुसँग बोल्दै नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउन यसअघि पनि बलिदानीपूर्ण योगदान गरेको भन्दै अबका दिनमा पनि जनताको पक्षमा नै काम गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।
नेता थापाले संविधान कार्यान्वयनको लागि आफूले मनोनयन दर्ता गराएको बताउनुभयो । यसअघि दोस्रो संविधान सभा निर्वाचनमा संविधान जारी गर्ने प्रतिवद्धता गरेकामा त्यो पूरा भएको उहाँले बताउनुभयो ।












प्रतिक्रिया