२ कार्तिक २०८३, सोमबार

कोमल ओली दाङ ३ मा स्वतन्त्र उम्मेदवार

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । चर्चित गायिका कोमल ओली स्वतन्त्र उम्मेदवार बनेकी छन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी ओलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन् ।

एमालेले समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि वाम गठबन्धनका कारण उनलाई टिकट दिन सकेन् । र, आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनी स्वतन्त्र चुनाव लड्ने निर्णयमा पुगेकी हुन् ।

राप्रपाबाट एमालेमा आउँदा समानुपातिक वा प्रत्यक्षमध्ये एक ठाउँमा टिकट दिने भनी सहमति भएको तर अन्तिम समयमा सकिएन भनेकाले आफू स्वतन्त्र उम्मेदवार बन्ने निर्णयमा पुगेको ओलीले बताइन् । ‘स्वतन्त्र उम्मेदवारीका लागि आजै मनोनयन दर्ता गराउँछु,’ उनले भनिन् ।