– राजकुमार श्रेष्ठ
दमौली, १६ कात्तिक । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले आज निर्वाचन आयोगमा स्वतन्त्र ‘वागी’ उमेदवारी दर्ता गर्नुभएको छ ।
करिब ३००० मतदाता र सुभेच्छुक सहित दमौली वजार परिक्रमा गरेर जिल्ला अदालतको मुख्य निर्वाचन कार्यालयमा पुगेर जोशीले उम्मेदवारी दर्ता गर्नुभएको हो । बाजा गाँजा र नारासहित कार्यालय पुगेका जोशी र समर्थकहरुले गोविन्दराज जोशी जिन्दावाद, नेपाली कांग्रेस जिन्दावादका नारा लगाएका थिए ।
नेपाली कांग्रेस तनहुँले सधै आफूलाई उपेक्षा गरेको र फेरि पनि मतदाताका चाहना विपरित रामचन्द्र आफैले क्षेत्र नं १ को टिकट लिएको हुनाले र जनताको मतका सम्मानका लागि आफुले उममेदवारी दर्ता गरको बताए । नेपाली कांग्रेस तनहुँको २ वटा क्षेत्रमध्ये क्षेत्र नं १ मा रामचन्द्र पौडेल र २ नं क्षेत्रमा पूर्व वनमन्त्री शंकर भण्डारीले कांग्रेसबाट टिकट पाएको छ ।
गोविन्दराज जोशीले तनहुँमा रामचन्द्र पौडेल कम्पनी ध्वस्त पार्ने चेतावनी दिइसकेको छ । यससँगै तनहुँको १ र २ नं प्रतिनिधी सभाको क्षेत्र वामगठवन्धनको पोल्टामा जाने सम्भावना रहेको छ ।














प्रतिक्रिया