२१ कार्तिक २०८३, शनिबार

एउटै क्षेत्रमा दुई जनालाई टिकट दिएपछि नवलपरासी कांग्रेसमा खैलाबैला

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १५ कात्तिक । नेपाली कांगेसले नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रदेश नं ५ को प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा ख मा दुई जनालाई टिकट दिएपछि नवलपरासी कांग्रेसमा खैलाबैला मच्चिएको छ ।

कांगे्रेस केन्द्रीय समितिले सो प्रदेश सभामा पार्टीका जिल्ला सचिव विक्रमप्रसाद यादवलाई टिकट दिएको थियो । यादव टिकट लिएर राजधानीबाट गृहजिल्ला पुग्न नपाउदैँ फेरि सोही प्रदेश सभामा अर्का दावेदार बैजनाथ जयसवालले पनि टिकट पाउनुभएको छ । यादव पौडेल पक्ष तथा जयसवाल विगतमा पौडेल पक्षकै भएपनि हाल देउवा पक्षमा हुनुहुन्छ ।

यादवले टिकट पाएपछि आक्रोसित जयसवालले केन्द्रीय सदस्य तथा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेललाई दवाव दिएर आफुले टिकट लिएको बताईएको छ । टिकट पाएका यादवले पार्टीले सो निर्णय आज दुई बजेसम्म नसच्चाए आफुले आवश्यक कदम चाल्ने चेतावनि दिनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी यस्तो चेतावनि दिनुभएको हो । यसैवीच सोही प्रतिनिधि सभाको प्रदेश क मा पनि काग्रेसका जिल्ला उपसभापति अर्जुन पोखरेलको चर्चा चलाएर अचानक गुणनिधि तिवारीलाई टिकट दिएको भन्दै असन्तुष्टि बढेको छ ।