
भरतपुर, १६ कात्तिक । चितवनमा नेकपा एमालेका स्थायी समिति सदस्य एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सुरेन्द्र पाण्डेलाई समर्थन गर्दै नयाँ शक्ति नेपालको सिंगो क्षेत्रीय कमिटी एमालेमा विलय भएको छ ।
एमाले नेता पाण्डेलाई समर्थन गर्दै नयाँ शक्ति नेपालको सिंगो क्षेत्रीय कमिटी एमालेमा विलय भएको नयाँ शक्ति चितवन क्षेत्र नं १ का संयोजक लालमणि कुँवरले दैनिक नेपाललाई जानकारी दिए । सफल अर्थमन्त्री समेत रहेका पाण्डेले चितवन क्षेत्र नम्बर १ मा लगातार जित्दै आएका छन् ।
एमाले स्थायी समिति सदस्य पाण्डे, नयाँ शक्तिका क्षेत्रीय संयोजक कुँवर र एमाले चितवन क्षेत्र नं १ का संयोजक घनश्याम कँडेलले संयुक्त विज्ञप्ति जारी गरेको यसको घोषणा गरेका हुन् । विज्ञप्तिमा नयाँ शक्तिबाट एमालेमा सम्मिलित भएकालाई पार्टीले उपयुक्त जिम्मेवारी दिने उल्लेख गरिएको छ ।













प्रतिक्रिया