काठमाडौं, १६ कात्तिक । काठमाडौं क्षेत्र नं. ३ बाट विजय भनिने हरेराम तिमल्सिनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका युवा नेता तिमल्सिनाले निर्वाचन कार्यालय पुगेर बिहीबार बिहानै उम्मेदवारी दिएका हुन् । तिमल्सिना सो क्षेत्रमा लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।
यसअघिको निर्वाचनमा तिमल्सिनाले कांग्रेसका युवा नेता गगन थापालाई सहयोग गरेका थिए । यस पटक टिकटको दाबी गर्दै आएका तिमल्सिनालाई कांग्रेसले टिकट नदिएपछि उनले विद्रोह गरेका हुन् ।
काठमाडौं क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसबाट अम्बिका बस्नेत र नेकपा (एमाले)बाट कृष्ण राईले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिँदै छन् ।












प्रतिक्रिया