१५ कार्तिक २०८३, आइतबार

बामदेव र आईजीपीको सहमतिमा ढुंगेल पक्राउ

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्दा माओवादी केन्द्र र नेकपा एमालेलाई प्रहरीले अगाडि नै जानकारी दिएको रहस्य खुलेको छ ।

२०७३ चैत ३१ मा सर्वोच्चले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालका नाममा ७ दिनभित्र ढुंगेललाई पक्राउ गरी अदालतमा प्रतिवेदन पेस गर्न आदेश दिएसँगै आईजीपी अर्याल तनावमा परेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तर, माओवादी केन्द्र नै सरकारमा रहेको र पक्राउ गर्दा पद गुम्ने डरले आईजीपी अर्याल पछाडि हटेका थिए । अहिले माओवादी केन्द्र सरकारमा भए पनि विना विभागियको हैसियतमा रहेको तर, राजनीतिक तहमा माओवादी र एमालेको बढ्दो प्रभावलाई कमजोर बनाउन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमार्फत प्रहरीलाई दबाब दिएपछि ढुंगेल पक्राउ परेका हुन् ।

अर्याललाई आईजीपी बनाए लगत्तै तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालिन डिआईजी नबराज सिलवालको योजनामा अर्याललाई असफल बनाउन ‘ढुंगेल अस्त्र’ प्रयोग गरेकी थिइन् । उनले त्यतिखेर सात दिन भित्र ढुंगेललाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश मात्र जारी गराइनन्, ‘आफू र आफू मातहतको सम्पूर्ण प्रहरी संरचना परिचालन गरी जो जससँग समन्वय गर्नुपर्ने हो, सो त्यहाँबाटै गरी आदेशबमोजिम प्रतिवादी निज बालकृष्ण ढुंगेललाई जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्नु’ भनी नेपाल प्रहरीका आईजीपीका नाममा उर्दी जारी गराइन् । प्रधानन्यायाधीश भएलगत्तै कार्कीले ढुंगेललाई प्रहरीले नै पक्रन नमानेको दावी समेत गरेकी थिइन् ।

आफ्नो पद गुम्ने डरले सर्वोच्चले दिएको म्याद गुज्रिसक्दा पनि आईजीपी अर्यालले ढुंगेललाई पक्राउ गर्न आनाकानी गर्दै आएका थिए । तर, अहिले भने अर्यालले आफ्नो पद जोगाउनकै लागि ढुंगेललाई सहमतिमै पक्राउ गरेका हुन् । एमाले स्रोतका अनुसार ढुंगेललाई पक्राउ नगरेपछि प्रधानमन्त्री देउवाले अर्याललाई पदबाट हटाउन लागेका थिए । तर, ढुंगेलकै कारण आफूलाई हटाउने जानकारी पाएलगत्तै आईजीपी अर्याल एमाले उपाध्यक्ष बामदेव गौतमको शरणमा पुगेका थिए । विगत केही दिन देखि अर्याल बामदेव निवास भैंसेपाटी धाइरहेका थिए ।

त्यसपछि उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ढुंगेललाई पक्राउ नगरे अर्यालको पद गुम्ने र देउवाले आफू अनुकुल आईजीपी बनाएर चुनावमा पेल्ने रणनीति बनाएको सुनाएपछि तीनै नेता र आईजीपी बीचको सहमतिमा ढुंगेल पक्राउ परेका हुन् ।

स्रोतका अनुसार अर्याल नै आईजीपीमा कायम हुँदा चुनावमा देउवाले सोचेजस्तो नहुने निष्कर्षमा पुगेपछि ढुंगेललाई पक्राउ गर्ने विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएका हुन् । त्यसैले पनि एमाले र माओवादीले चुनाव भाँड्नलाई देउवाले ढुंगेललाई पक्राउ गर्ने रणनीति बनाएको बताउन थालेका छन् ।

तर, ढुंगेल पक्राउ परेपनि आईजीपी अर्यालको पद गुम्ने त्रास भने कायमै छ । किनकी काठमाडौंको मुटु मानिएको बानेश्वर जस्तो स्थानमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली प्रहार गरी हत्या भएको घटनाका दोषीलाई उनले अहिलेसम्म पनि पक्राउ गरी सार्वजनिक गर्न सकेका छैनन् ।

गौतमलाई श्रीमती नै प्यारो

उपाध्यक्ष गौतमले आफ्नी श्रीमतीलाई समानुपातिक सूचीमा राखेका छन् । उनले तुलसा थापा मगरलाई समानुपातिक सूचिमा राखेका हुन् ।