११ मंसिर २०८३, शुक्रबार

प्रचण्डलाई एमाले युवाको चुनौति, चितवन ३ मा स्वतन्त्र उम्मेदवारी दिने !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकामल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ मा एमालेका एक युवाले चुनौति दिने भएका छन् ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डको चितवन ३ मा एमालेका युवा नेता राम न्यौपानेले प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता न्यौपानेले प्रदेशतर्फ क्षेत्र ३ (ख)मा स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका बताए । ‘यहाँबाट मैले भोलि स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्दैछु,’ उनले भने ।

एमालेको बलियो जनमत रहेको क्षेत्र नै माओवादीलाई दिएकोमा असन्तुष्ट जनाउँदै उनले आफू स्वतन्त्र उम्मेद्वारी दिन लागेको बताए ।
चितवन ३ बाट प्रतिनिधि सभामा चुनाव लड्न लागेका माओवादी अध्यक्ष प्रचण्डलाई समेत असहयोग गर्ने उनको चेतावनी छ । प्रचण्डले चुनाव जित्नका लागि सो क्षेत्र एमालेलाई दिनुपर्ने उनको माग छ ।

एमालेको जनमत भएको सो क्षेत्र वाम गठबन्धनका कारण माओवादीको भाग परेपछि अहिले सो क्षेत्रका एमाले नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । यसैबीचमा न्यौपानेले विद्रोह गरेका हुन् ।