२१ कार्तिक २०८३, शनिबार

राप्रपाका प्रवक्तासहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रुपलाल बोहोरा

डोल्पा, १५ कात्तिक । ठुली भेरी नगरपालीका वडा नं ७ र ८ मा नेपाली काग्रेँसका वडा सदस्य र राप्रपाका प्रवक्ता सहित एक दर्जन भन्दा बढीले एमालेमा प्रवेश गरेका छन ।

आउंदै गरेको मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागीप्रचारप्रसार अभियानको कार्यक्रममा वडा नं. ८ का गत बैशाख ३१ गते भएको स्थानिय निर्वाचनमा वडा सदस्य उम्मेद्धार सरुने सार्की लगाएत १० जनाले नेपाली काग्रेँस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

त्यसै गरि वडा नं ७ का डोल्पाजिल्लाका राप्रपा नेपालका प्रवक्क्ता नर बहादुर डागीँ,राजिमान डागीँ , डाल बहादुर डागीँ राप्रपा परित्याग गरि नेकपा एमाले माप्रवेश गर्नु गरेका छन् । प्रवेश हुने सम्पुर्णलाई नेकपाएमाले बैकल्पीक केन्द्रीय सदस्य हंस बहादुर शाही, नेकपा एमाले बामगठबन्धन प्रतिनिधि सभाका साझा उम्मेदवार भुपु साँसद धन बहादुर बुढा, नेकपा एमाले बाम गठबन्धनका साझा उम्मेदवार क्षेत्र नं १ का उम्मेदवार नन्दसिँह बुढाले एक भव्य कार्यक्रमको विच प्रवेश गराएका छन् ।

जनप्रतिनिधिहरुद्धारा सुप्पाकुना गुफाको अनुगमन

डोल्पा जिल्लाको मुड्केचुलागाउपालीका वडा नं ८ मा रहेको सुप्पाकुना गुफाको जनप्रतिनिधिहरु द्धारा अनुगमन गरिएको छ । मंगलबार मुड्केचुला गाउपालीकाका अध्यक्ष दत्त बहादुर शाही ,उपाअध्यक्ष सविता कुमारी रोकाया लगाएतका विभिन्न वडाका वडा अध्यक्षहरु,सदस्यहरुले सहितको एक टोलीले अनुगमन गरेका हुन ।

मंगलबारको अनुगमनको क्रममा सुप्पा कुना गुफा २ सय ३० मिटर लम्बाई सम्मा भेटिएको त्यस विचमा २ मिटर लम्बाई १ मिटर ८० सेन्टी मिटर चौडाई भएको पानीको ताल भेटिएको छ । उक्त गुफा भित्र विभिन्न किसिमका धातु जस्ता बस्तुहरु र पुराना नामाअंकीत चित्रहरु भेटीएको अनुगमन पछी मुड्केचुलागाउपालीका का निमित्त कार्यकारी अधिकृत जगबहादुर बस्नेतले बताउनु भएको छ ।

मुड्केचुला गाउपालीका वडा नं ८ ओक्ट मा रहेको सुप्पाकुना गुफा २ सय ३० मिटर भन्दापनीअझै लामो हुने अनुमानगरिएको छ । उक्तगुफा सम्मा जाने बाटो निर्माण देखि नेपालको पर्यटकीय क्षेत्रमा विकास गर्नको लागी प्रचार प्रसार गर्ने मुड्केचुला गाउपालीका का उपाध्क्ष सविता कुमारी रोकायाले बताएकी छन । गुफाको अनुगमन गर्दा यो सयौ बर्ष पुरानो भएको स्थानिय बासी कलि रोकायाले बताए । मुड्केचुला गाउपालिका मा पनि थुप्रै पर्यटकिय क्षेत्रहरु रहेको गाउपालिका अध्यक्ष दत्त बहादुर शाहीले बताउदै सोही क्षेत्रमा खानी खोला गुफाको केहि समय भित्रै पहिचान गरी आबश्यक छलफल गर्ने प्रतिबद्धता गरेका छन् । उनले थपे यी विभिन्न ठाउमा पहिचानमा नआएका धार्मिक तथा पर्यटनका क्षेत्रको विभिन्न संचार माध्याममा ल्याएर चर्चामा ल्याए मात्र त्यस क्षेत्रको विकासको संभाबना हुने अन्नपुर्ण माविका स्थानिय शिक्षक लंकमान बुढाले स्पष्ट पारे ।